बिहार, सितामढी,साेनबर्षा/ सशस्त्र सीमा बल (एसएसबी) को ५१औँ कम्पनि लालबन्दीको आयोजनामा नागरिक कल्याण कार्यक्रम अन्तर्गत अगरबत्ती र मैनबत्ती बनाउने तालिम सम्पन्न भएकाेछ ।
बिहार राज्य सीतामढी जिल्ला साेनबर्सा प्रखण्ड अन्तर्गत लालबन्दीका ३० ग्रामीण महिलाले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । सो अवसरमा आयोजित समापन समारोहमा १० जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको थियो ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/02/IMG-20250207-WA0033-1024x576.jpg)
स्थानीय युवा तथा महिलालाई आत्मनिर्भर बनाउने र स्वरोजगारका लागि उत्प्रेरित गर्ने यस तालिमको उद्देश्य रहेकाे थियो । अगरबत्ती र मैनबत्ती बनाउने सीपले उनीहरूलाई सानो स्तरमा भए पनि व्यावसायिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्नेछ भने महिलाहरुलाई सिलाई तथा कढाईको क्षेत्रमा नयाँ रोजगारीको अवसर प्रदान गर्नेछ ।
कमाण्डेन्ट श्री सञ्जीवकुमार सिंहले सम्बोधन गर्दै एसएसबीले सीमानाको सुरक्षामा मात्र सीमित नभई सीमा क्षेत्रका नागरिकको हित र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको बताए । उनले तालिम प्राप्त युवाहरुलाई बधाई दिदै यो सीपको फाइदा उठाएर आफ्नो र आफ्नो परिवारको जीवनस्तरमा सुधार ल्याउन सहयाेगि हुने बताए ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/02/IMG-20250207-WA0031-1024x576.jpg)
कार्यक्रममा स्थानीयहरूले उत्साहका साथ भाग लिए र एसएसबीको प्रयासको प्रशंसा गरे। नागरिक कल्याण कार्यक्रम अन्तर्गत यस प्रकारको पहलले गाउँलेहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नेछ र ग्रामिण क्षेत्रमा स्वरोजगारको नयाँ बाटो खोल्नेछ।
कार्यक्रमको समापन राष्ट्रिय गान र तालिम प्राप्त युवाहरुलाई प्रमाणपत्र वितरण गरी गरिएको थियो ।
समारोहमा ५१ औं कोरका कमाण्डेन्ट श्री सञ्जीव कुमार सिंह, डेपुटी कमाण्डेन्ट श्री सन्दीप करवासरा, कम्पनी कमाण्डर सब इन्स्पेक्टर केशवराम पटेलको विशेष उपस्थिति रहेको थियो । उनीहरुसँगै २० अन्य एसएसबीका कर्मचारी पनि कार्यक्रममा सहभागी भएका थिए ।