बिहार ,सीतामढ़ी, साेनबरसा/ नेपाल-भारत सीमाको सोनबरसामा सुरक्षा बलले ठूलो सफलता हात पारेका छन्। बुधबार, सोनबरसा एसएसबी ५१औं बटालियनको टोलीले पिलर नम्बर ३२५/२ नजिक छापा मारेर एक तस्करलाई ५ किलोग्राम गाँजा र तीनवटा मोटरसाइकलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला मलंगवा बस्ने रवि शंकर प्रसाद पटेल रहेकाे कमाण्डर निरीक्षक रमेश कुमारले जनाएकाे छ। उनले गोप्य सूचनाका आधारमा यो कारबाही गरिएको बताए । तस्कर भारतीय सीमामा प्रवेश गर्ने प्रयासमा थियो, त्यही बेला जवानहरूले उसलाई घेरा हालि समाए ।यसमा आरक्षी शम्भु यादव, चन्दन कुमार, र अजय डोंगरेले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे समेत जनाए
छापामारीका क्रममा अन्य दुई तस्कर भाग्न सफल भए, भने उनीहरूले आफ्ना मोटरसाइकलहरूमा हिरो ग्ल्यामर (बीआर ३० के १७६९, बीआर ०६ बीएच ४८८९) र प्यासन प्रो (बीआर ३० के ४३९३) छाडेर भागेकाे समेत जनाएकाे । मोटरसाइकलहरूको खान तलासी गर्दा ५ किलो गाँजा फेला परेको समेत जनाईएकाे छ ।
पक्राउ परेका तस्करलाई सोनबरसा थाना प्रहरीलाई बुझाइएको छ। थानाध्यक्ष धर्मेन्द्र कुमारका अनुसार, आरोपीविरुद्ध मादक पदार्थ तथा मनोत्तेजक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ। प्रहरी अन्य फरार तस्करहरूको खोजीमा जुटेको छ।