मलंगवा, सर्लाही – फागुन २२,/”पूर्ण खोप, सुरक्षित भविष्य” नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. खोप अभियान–२०८१) सम्बन्धी अभिमुखीकरण कार्यक्रम मलंगवा नगरपालिकामा सम्पन्न भएको छ।
नगरपालिकास्तरीय खोप समन्वय समितिको सहभागितामा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मलंगपा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले खोपको महत्व, यसको निःशुल्क उपलब्धता, तथा प्रभावकारिताका बारेमा जानकारी दिनुभयाे ।
कार्यक्रम मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगर सभाहलमा सम्पन्न भएको हो। आयोजकका अनुसार खोप जीवनरक्षक रहेको भन्दै समयमै खोप लगाउन नगरवासीलाई आग्रह गरिएको छ।
“खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ!” भन्ने सन्देशसहित यो अभियान आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ।