सर्लाही, ३ फाल्गुण – सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं ३ सिमरामा भोले बाबाको मन्दिरको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमकाे आयाेजना गरी वडा अध्यक्ष विजय प्रसाद यादवले मन्दिरको शिलान्यास गरेका हुन्।
वडा नं ३ सिमरामा भोले बाबाको मन्दिर नहुँदा स्थानीयबासीलाई पूजा अर्चना गर्न टाढा जानुपर्ने बाध्यता थियो। जनताको यसै समस्याको समाधान गर्दै वडा अध्यक्ष यादवले मन्दिर निर्माणको पहल गरेका हुन्।
मन्दिर निर्माणसँगै धार्मिक र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै स्थानीयबासीको आस्था र भावनाको सम्मान गर्ने उद्देश्य रहेको वडा अध्यक्ष यादवले बताए। मन्दिरको निर्माण कार्य चाँडै सम्पन्न गरी भक्तजनहरूको सुविधाको लागि खुला गरिने योजना रहेको जनाइएको छ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष विजय प्रसाद यादवका साथै युवा नेता भग्यनारायण साह, वडा सदस्य शंकर महतो, इनारदेव पासवान, युवा नेता दिनेश यादव, हरिन्द्र यादव, हरी यादव, दिनेश साह, मनोज यादव लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति थियो।