सर्लाही, २० माघ – जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान सम्बन्धी जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मी बीचको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
अभिमुखिकरण गाेष्ठिलाई सम्बाधन गर्दै जिल्ला समन्वय समिति अध्यक्ष कौशल सिंहले एचपीभी खोपबारे जनचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, “क्यान्सरका कारण धेरै परिवार प्रभावित भएका छन्। यदि हामीले यस अभियानलाई सफल बनाएर क्यान्सरमुक्त समाज बनाउन सक्यौं भने राष्ट्र र समाजको लागि ठूलो उपलब्धि हुनेछ।” साथै, उनले खोपको दुरुपयोग रोक्न पनि आग्रह गरे।
गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सर्वपक्षीय सहकार्यको महत्त्व औंल्याउँदै भने, “सबैको साथ र सहयोगले मात्र अभियान सफल हुन सक्छ।” उनले लक्ष्य अनुसार प्राथमिकता पहिचान गरी कोही नछुटून् र खोपको दुरुपयोग नहोस् भन्ने कुरामा ध्यान दिन आग्रह गरे।
जनस्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाका अनुसार मधेस प्रदेशभर सो अभियान २०८१ माघ २३ देखि माघ २९ सम्म पहिलो चरण र फागुन १ देखि फागुन ७ सम्म दोस्रो चरण गरी सञ्चालन हुने बताउदै सर्लाहीमा मात्र ५१,७२४ लक्षित जनसंख्या रहेको जानकारी गराए।
सञ्चारकर्मीहरूकाे प्रतिनिधित्व गर्दै सञ्चारकर्मी मनाेजकुमार यादवले राेगकाे उपचार गर्नु भन्दा राेग नै लाग्न नदिनुनै उतम रहेकाेले यस अभियानलाइ युद्ध स्तरमा सबैलाई लाग्न आग्रह गरे
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रशिक्षक लक्ष्मेन्द्रश्वर झाले यसअघि भएका खोप अनियमितता स्मरण गराउँदै खोप वितरणमा पारदर्शिता कायम राख्नुपर्ने बताए। साथै, उनले स्वास्थ्यकर्मी, स्थानीय तह र अभिभावक सबैले समन्वय गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा सहभागी अधिकारीहरूले अभिभावक, विद्यालय, स्वास्थ्यकर्मी तथा स्थानीय निकायलाई लक्षित किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन प्रेरित गर्न आग्रह गरे। साथै, यस अभियानलाई सुनिश्चित, प्रभावकारी र पारदर्शी ढंगले अघि बढाउनुपर्नेमा जोड दिइएको ।
Идеальное сочетание эстетики и функциональности.
Мебель премиум-класса https://byfurniture.by .