जनकपुर – भारतको कुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेका नेपाली तीर्थयात्री चढेको गाडी बिहारको मुजफ्फरपुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच नेपाली नागरिकको मृत्यु भएको छ।
धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहका अनुसार दुर्घटनामा धनुषा र महोत्तरी जिल्लाका यात्रुहरुको ज्यान गएको छ। मृतकमध्ये ४५ वर्षीया मन्तारण देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इन्दु देवी र गाडी चालक रहेका छन्।
शनिबार साँझ भएको यो दुर्घटनाको कारण तिब्र गति रहेको बताईएकाेछ । दुर्घटनापछि भारतीय प्रहरी तथा स्थानीय प्रशासनले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएका छन्।