काठमाडौं, माघ १९/मुलुकमा अबकाे आवश्यकता भनेकाे स्वदेशवादकाे रहेकाे राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महताेले बताउनुभयाे । काठमाण्डाैमा आयाेजित बृहद भेला तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले युवाहरू विदेश जानुको सट्टा स्वदेशमै स्वरोजगार बन्नुपर्ने र स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले अब कम्युनिज्म र क्याप्टलिज्मको औचित्य नरहेको भन्दै स्वदेशवादी विचारधारा अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।
महतोले नेपालको वर्तमान शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको आरोप लगाउँदै बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा आयोजित बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि आएकाहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष राजेन्द्र महतो ले सिवेन्द्र यादव,आकाश साह, देवेन्द्र न्यौपाने को नेतृत्वमा सयौँ नेता-कार्यकर्तालाई टिका र माला लगाई पार्टी प्रवेश गराउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय नेताहरू बुद्ध छिरिङ मोक्तान, केशव झा, राम नरेश राय, सुमन सायमी, सन्तोष मेहता, अनिल महासेठ, अनिल सिंह, राम किशोर सिंह, कौश्लेन्द्र शर्मा, किसोर साह लगायतको विशेष उपस्थिति रहेको थियो।