सर्लाही, माघ १९ – नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशअनुसार प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) पदबाट प्रहरी उपरीक्षक (प्र.उ.) पदमा बढुवा सिफारिस भएका दीपक श्रेष्ठ लाई बिदाई तथा ‘फेरी भेटौंला’ कार्यक्रम आयोजना गरिएको छ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/02/FB_IMG_1738417080448-1024x683.jpg)
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा श्रेष्ठको व्यक्तिगत तथा पेशागत जीवनको प्रगति र सफलताका लागि शुभकामना व्यक्त गरियो।
कार्यक्रममा सहकर्मी, उच्च अधिकारी तथा अन्य उपस्थित व्यक्तिहरूले श्रेष्ठले प्रहरी सेवामा पुर्याएको योगदानको चर्चा गर्दै भावी जिम्मेवारीका लागि सफलता कामना गरेका थिए।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/02/FB_IMG_1738417091205-1024x683.jpg)
यस अवसरमा श्रेष्ठले आफूले सम्हालेका जिम्मेवारी तथा प्रहरी सेवामा बिताएका अनुभवहरू साझा गर्दै सहयोगी तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो।