सर्लाही, माघ १९ – चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
समन्वय समितिको अभिमुखीकरण गोष्ठी शनिबार चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको छ।
सर्लाही जिल्लामा पहिलो चरण अन्तर्गत माघ २३ देखि २९ गतेसम्म ११ वटा पालिकामा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन समुदाय स्तरमा विभिन्न जनचेतनामूलक प्रचार-प्रसार कार्य थालिएको छ।
गाउँपालिका अध्यक्ष महतोले पाठेघरको मुखको क्यान्सर महिलाहरूका लागि गम्भीर स्वास्थ्य समस्या भएको बताउँदै यस रोगबाट बच्न एचपिभी खोप अनिवार्य रूपमा लगाउनुपर्नेमा जोड दिदै लक्षित उमेर समूहका किशोरीहरूले खोप लगाउन नछुटाउने गरी अभिभावक तथा विद्यालयहरूले पहल गर्नुपर्ने आग्रह समेत गरेकाेछ ।
चन्द्रनगर गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयहरूमा १० देखि १४ वर्ष उमेर समूहका १,४०७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको
स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी गराउदै
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई खोप दिइने समेत बताएब।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार सन् २०३० सम्म विश्वभर ७ लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। नेपालमा हरेक वर्ष २,१६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १,३१३ जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ।
गोष्ठीमा स्वास्थ्य शाखाका अधिकृत कृष्ण प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रतिनिधि राजेश यादव, वडाध्यक्षहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य शाखाले खोप अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।