सर्लाही,माघ १९ – जनता समाजवादी पार्टी (जसपा) भातृ संगठन समाजवादी महिला संघ सर्लाहीको जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले चन्द्रिका सिंह दनुवारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला महिला कमिटी गठन गरेको छ ।
कार्यक्रममा नवगठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई मधेश प्रदेशका अध्यक्ष एवं पूर्व सांसद अशोक यादवले शुभकामना व्यक्त गर्दै, संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा पार्टी नेताहरूले महिला सशक्तीकरण, सामाजिक न्याय, तथा संगठनको भूमिकाबारे चर्चा गरेका थिए।
नवगठित समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमको अध्यक्षता जसपा सर्लाहीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवले गरेका थिए भने प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका अध्यक्ष एवं पूर्व सांसद अशोक यादव उपस्थित थिए। विशेष अतिथिका रूपमा पार्टीका केन्द्रीय सदस्य बम बहादुर लामा, पूर्व सांसद सञ्चमया मोक्तान, जिल्ला उपाध्यक्षहरू रमन मिश्र र अजय यादव, जिल्ला सह-सचिव बिनोद जयसवाल, तथा जिल्ला कोषाध्यक्ष संगीता देवी यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।