सर्लाही जिल्लाको कौड़ेना गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत “एचपीभी खोप अभियान २०८१” सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एचपीभी खोप अभियानको महत्त्व, खोप व्यवस्थापन, सुरक्षित खोप वितरण प्रणाली, र लक्षित समूहसम्म प्रभावकारी रूपमा खोपको पहुँच विस्तार गर्न आवश्यक उपायहरूबारे विस्तृत छलफल गरियो।
खोपको सही प्रक्रिया, सम्भावित चुनौतीहरूको समाधान, तथा जनचेतना अभिवृद्धिका लागि अपनाउनुपर्ने रणनीतिहरूबारे कार्यक्रमका प्रशिक्षक पाेषण अधिकृत सुशील झाले सहभागीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष नगिना देवीले गरेकी थिइन्, भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत डा. सिनेलाल साह रहेका थिए।कार्यक्रम सञ्चालन वरिष्ठ सहायक स्वास्थ्यकर्मी बीरेन्द्र रायले गरेका थिए भने कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि डा. राजीव शर्मा तथा पोषण अधिकृत सुशील झा प्रशिक्षकका रूपमा उपस्थित थिए।
स्वास्थ्य शाखा प्रमुख राम बिस्वास राय यादव, विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरू, वडा अध्यक्षहरू, सरोकारवालाहरू र पत्रकारहरूको उपस्थिति रहेको