सर्लाहीको धनकौल गाउँपालिका-७ छोटौलमा स्थानीय जियालाल रायको ट्याक्टरमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उखुको पराल लोड गरी चौरीको बाँधमा रोकिएको ट्याक्टरमा आगजनी गरिएको हो।
आगलागीबाट ट्याक्टरका अगाडिको एउटा चक्का र सिट पूर्ण रूपमा जलेको छ भने ट्रेलरमा आंशिक क्षति पुगेको छ। आगलागीलाई स्थानीयहरूले नियन्त्रणमा लिएका छन्।
घटनाबारे प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ। आगजनीको कारण र दोषीको पहिचानका लागि खोजी जारी रहेको प्रहरीले जनाएको छ।