मलंगवा, सर्लाही । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६०औँ स्थापना दिवस देशभरका शाखाहरूमा विशेष कार्यक्रमसहित मनाएको छ। यस अवसरमा सर्लाही जिल्लाको मलंगवामा रहेको शाखाले पनि विविध गतिविधिहरू आयोजना गरी दिवसको उत्सव मनाएको छ।
स्थानीयस्तरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत बैंकका शाखा प्रबन्धक सुशील कुमार महताेको अध्यक्षता तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रि काैशल किशाेर रायकाे प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथि श्रम तथा यातायात काैशल किशाेर रायले बैकले सर्वसाधारणलाई सहजरूपमा सेवा प्रवाह गर्नु पर्ने जाेड दिदै बैकले उद्यमीहरूलाई सहज रूपकाे ऋण प्रवाह गरि उद्याेगले स्वदेशमै उत्पादन गरी राेजगारी सिर्जना गर्न सहयाेग गर्न समेत आग्रह गर्नुभयाे ।
शाखा प्रबन्धक साहले बैंकको इतिहास, उपलब्धि र आगामी योजनाहरूबारे जानकारी गराउदै ग्राहकलाई बैंकले प्रदान गर्ने आधुनिक सेवा सुविधाबारे जानकारी गराउँदै, डिजिटल बैंकिङ, कर्जा योजनाहरू, बचत खाता तथा अन्य सेवाहरूको महत्वबारे जानकारी गराए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री रायले उत्कृष्ट दुई ग्राहकहरूलाई सम्मान पत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा समेत गर्नुभयाे ।
राष्ट्रिय वाणिज्य बैंकले नेपालमा वित्तीय सेवाको पहुँच विस्तार गर्दै आइरहेको र ६ दशकको यात्रामा ग्राहकको विश्वास र साथबाट निरन्तर अघि बढिरहेको जनाइएको छ।