रौशन यादव/बिहार,सीतामढ़ी, साेनबर्षा/ एसएसबी ५१औं वाहिनीद्वारा लालबन्दीमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत ग्रामीण युवा र महिलाहरूको सीप विकासका लागि तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ।
यस कार्यक्रममा ३० जना ग्रामीण युवाहरूलाई १५ दिने अगरबत्ती र मैनबत्ती बनाउने तालिम र १० जना महिलाहरूलाई १० दिने सिलाई तालिम प्रदान गरिनेछ।
५१औं वाहिनीका कमाण्डेन्ट संजीव कुमार सिंहले यस्ता सीप विकास तालिम कार्यक्रमले ग्रामीणहरूलाई स्वरोजगारका लागि प्रेरित गर्नु र आत्मनिर्भरतातर्फ कदम बढाउन सहयोग पुर्याउनु रहेकाे बताउनुभयाे ।
ग्रामीणहरूले यस प्रयासका लागि एसएसबीप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमको शुभारम्भ ५१औं वाहिनीका कमाण्डेन्ट संजीव कुमार सिंहले गरेका थिए। कार्यक्रममा उप कमाण्डेन्ट संदीप करवासरा, कम्पनी कमाण्डर सब-इन्स्पेक्टर केशव राम पटेल, शिवनाथ सोनीसहित अन्य ग्रामीण र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।