सर्लाही – सर्लाही सर्लाहीमा शीतलहरबाट बचाउन निःशुल्क दाउरा वितरण अभियान जारी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा शीतलहरको प्रभावलाई मध्यनजर गर्दै निःशुल्क दाउरा वितरण अभियान जारी रहेको छ।
जिल्लाको ग्रामीण तथा शीतलहरबाट बढी प्रभावित क्षेत्रमा दैनिक जनजीवनमा परेको असर कम गर्न स्थानीय तहको सहकार्यमा दाउरा वितरण कार्यक्रम सञ्चालन गरिएको हो। यस अभियानले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्राथमिकता दिएको छ।
आजकाे दिन मात्रै बागमती, हरिवन, र लालबन्दीका विभिन्न बस्तीहरूमा झण्डै ५०० परिवारलाई निःशुल्क दाउरा वितरण गरिएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार शीतलहरले तापक्रम निकै तल झरेको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
अभियानलाई प्रभावकारी बनाउन जिल्लाका समाजसेवीहरू, युवा क्लबहरू र विभिन्न संघसंस्थाले पनि सहकार्य गरिरहेका छन्। स्थानीयवासीले यस कदमलाई अत्यन्त सकारात्मक रुपमा लिएको र यसले चिसोका कारण हुने स्वास्थ्य जोखिम न्यूनिकरणमा मद्दत पुगेको बताएका छन्।
अभियान आगामी केही दिनसम्म जारी रहने र थप प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याइने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी दिएको छ।