काठमाडौं – सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले संयुक्त राज्य अमेरिकाका ५० औं उपराष्ट्रपति जेडी भान्सलाई आज बिहान सामाजिक संजाल ‘एक्स’ मार्फत् बधाई तथा शुभकामना सन्देश प्रेषित गर्नुभएको छ।
उहाँले सन्देशमा लेख्नुभएको छ, “संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको पदभार गर्नुभएकोमा महामहिम श्री जे.डी. भान्सलाई मेरो हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना छ। आगामी दिनमा हाम्रा दुई देशबीचको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध थप मजबुत हुने विश्वास लिएको छु।”
उपराष्ट्रपति यादवको यो सन्देशले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ।