सर्लाही, माघ –मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयले प्रदेशस्तरीय नियमित त्रैमासिक अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै श्रम तथा यातायात मन्त्री काैशल किशाेर यादवले मधेश प्रदेशका जनताले प्रयाेग गर्दै आईरहेकाे सवारी साधन कर छुट दिने निर्णय गरेकाे जानकारी गराउदै चाडै नै बर्सेनि रूपमा कर तिर्ने झ्नझटबाट मुक्त गर्ने गरि सवारी साधन किन्दा बखत नै एकमुष्ट कर तिर्न पाउने ब्यवस्था लागू गर्न गृहकार्य भैरहेकाे जानकारी गराउनुभयाे ।
कार्यक्रमले सवारी तथा यातायात व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्ने र ऐनको प्रभावकारी कार्यान्वयनका लागि सुझावहरू संकलन गर्ने उद्देश्यले आयाेजना गरिएकाे मन्त्रालयका सचिव रंजित यादवले बताउनुभयाे ।
कार्यक्रममा आठै जिल्लाका यातायात कार्यालयका प्रमुखले याे आर्थिक बर्षमा हालसम्म उठाएकाे कर सम्बन्धमा जानकारी गराउदै लाइसेन्स बितरणमा देखिएकाे समस्यालाई क्रमशः सुधार गर्दै अझ चुस्तदुरूत र पारदर्शी बनाउने समेत बनाउनुभयाे ।