सर्लाही, चक्रघट्टा / १०३औं राष्ट्रिय योग दिवसको अवसरमा चक्रघट्टा गाउँपालिका वडा नं. ६, गोईयाहीमा पतंजलि योग समिति सर्लाहीको सहकार्यमा एक दिवसीय योग शिविर तथा नियमित योग कक्षा सञ्चालनको उद्घाटन मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य माननीय संजय कुमार यादवले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/FB_IMG_1737017309952-1024x572.jpg)
“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको आधार” नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश प्रदेशका पुर्व अर्थ मन्त्री संजय कुमार यादवले
याेगले स्वास्थ्य र जीवनशैली सुधारका लागि महत्वपूर्ण कदमको रूपमा लिएको उल्लेख गर्दै मन्त्री यादवले
स्थानीय स्तरमा योगको महत्व र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता बढाउने अपेक्षा गरिएको बताउनु भयाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/FB_IMG_1737017395795-1024x449.jpg)
पतंजलि योग समिति नेपाल, महिला पतंजलि योग समिति नेपाल र पतंजलि योग समिति सर्लाहीको संयुक्त आयोजनामा भएको कार्यक्रमले स्थानीयस्तरमा योगको महत्व र यसको नियमित अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। चक्रघट्टा–६, गोईयाहीमा दैनिक बिहान ५ बजेबाट नियमित योग कक्षा सञ्चालन हुने जानकारी गराइएको छ ।
कार्यक्रमको अवसरमा योग साधना केन्द्र, चक्रघट्टा–६ मा बृक्षारोपण पनि गरिएको थियाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/FB_IMG_1737017318992-473x1024.jpg)
कार्यक्रममा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , वडा अध्यक्ष राजेश यादव , पतंजलि योग समितिका पदाधिकारीहरू, र अन्य साधक–साधिकाहरूको उपस्थिति रहेको थियो।