चक्रघट्टा गाउँपालिका वडा नं. ६ गोइयाहीमा स्थानीय समुदायको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राख्दै खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ। यस कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व अर्थ मन्त्री संजय कुमार यादवले विधिपूर्वक ट्यांकीको शिलान्यास गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, र स्थानिय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो। मन्त्री यादवले यस परियोजनाले समुदायलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच प्रदान गरी स्थानीय जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।
खानेपानी ट्यांकीको निर्माणले लामो समयदेखि पानीको अभाव भोग्दै आएका स्थानीयहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको चक्रघटा गा.पा.वडा नं. ६का वडा अध्यक्ष राजेश यादवले बताउनु भयाे । कार्यक्रममा उपस्थित स्थानीयहरूले मन्त्री यादवलाई धन्यवाद दिँदै समुदायको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।
शिलान्यास समारोहलाई भव्य र सभ्य रूपमा सम्पन्न गरियो, जहाँ सहभागीहरूले समुदायको समृद्धिका लागि मिलेर काम गर्न प्रतिवद्धता जनाएका थिए।