मधेशी एकता समाजकाे अध्यक्षमा डा. रबिन्द्र कुमार यादव निर्वाचित भएका छन ।
मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाज को अध्यक्षमा डा. रवीन्द्र कुमार यादव (यूएई) चयन भएका छन्।
भर्चुअल रूपमा सम्पन्न अधिवेशनले डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरेको हो। समितिमा वरिष्ठ उपाध्यक्ष प्रा. डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिव मुकेश झा (यूएई), कोषाध्यक्ष अनिल कुमार साह (अमेरिका), र प्रवक्ता दीपेन्द्र चौबे (भारत) चयन भएका छन्।
समाजले मधेशी समुदायबीच अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्न काम गर्नेछ।