भारत, बिहार ,सितामढी / भारतको बिहार राज्यको सितामढी जिल्ला स्थित साेनवर्षामा लागू औषध सहित एक जना प्रकाउ परेकाेछ ।
सोनबर्षाका स्थानीय एसएसबी ५१ बटालियनका जवान र भारतिय प्रहरीको संयुक्त अपरेशनमा ठूलो मात्रामा लागुऔषध सहित एक जना तस्करलाई पक्राउ गरिएकाेछ । पक्राउ पर्नेमा सोनबरसाको पटेल नगर वार्ड नम्बर ७ निवासी जय किशोर पूर्वेका छोरा सन्नी कुमार रहेकाे छ।
गुप्त सूचनाका आधारमा सोमबार साँझ सहायक कमाण्डेन्ट रञ्जीत वैद्य, सहायक उप निरीक्षक प्रेम खांडु, सोनबरसा थानाका प्रहरी निरीक्षक दीपक कुमार, योगेन्द्र प्रसाद, मेजर गणेश चक्रवर्ती, आरक्षी पवन कुमार, चन्दन कुमार र महिला आरक्षी आरती, नागेश्वरीको सँयुक्त टोलीले पटेल नगरमा सन्नी कुमारको घरमा छापा मारी भारीमात्रामा लागु औषध सहित सन्नि कुमारलाई पक्राउ गरिएकाे कम्पनी कमाण्डर इन्स्पेक्टर रमेश कुमार ग्वालाले जानकारी दिए ।
ग्वालाले छापाका क्रममा खान तलासि गर्दा घरमा राखिएको झोलाबाट १ किलो चरेस, ७ सय ग्राम गाँजा, १९ बोतल लागुऔषध कोरेक्स, नाइट्रभेटका ५१० वटा ट्याबलेट र बुल्फोटका २६४ वटा ट्याबलेट बरामद गरिएको बताए
बरामद सामान र तस्करलाई स्थानीय थानामा बुझाइएको सोनबरसा थाना अध्यक्ष धर्मेन्द्र कुमारले जानकारी दिँदै चरेस, गाँजा, कोरेक्स, नाइट्रभेट ट्याबलेट जब्त गरी तस्करविरुद्ध लागुऔषध तथा मनोप्रभावी पदार्थसम्बन्धी ऐन अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको जानकारी समेत दिए ।