मलंगवा, सर्लाही।
राजश्री सेविंग्स एण्ड क्रेडिट को-ऑपरेटिभ सोसाइटी लिमिटेडको २४औं वार्षिक साधारण सभा अध्यक्ष श्री नागेन्द्र प्रसाद यादबको अध्यक्षतामा सम्पन्न भयो।
सभाकाे समुदघाटन मधेश प्रदेशका पुर्व अर्थ मन्त्री संजयकुमार यादवले पानसमा बति बालि गरेका थिए ।
सभामा राजश्रीका अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/०८१ मा रु. ८१ करोड ४९ लाख शेयर पूँजी, रु. ३६ करोड ७० लाख निक्षेप, र रु. १४ अर्ब ३२ करोड कर्जा लगानी भएको जानकारी गराए।
उहाँले संस्थाले हाल ६ शाखाहरू आफ्नै भवनबाट सञ्चालन गर्दै आएको छ भने अन्य भवन निर्माणका योजना अघि बढाइएको छ। सभामा आगामी दिनमा कार्यालय विस्तार र उत्पादनशील क्षेत्रमा लगानीलाई प्राथमिकता दिने निर्णय गरिएको जानकारी समेत गराउनु भयाे ।
कार्यक्रममा शेयर सदस्य ,वडा अध्यक्ष तथा पत्रकारहरू लगायतका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।