२१ कार्तिक २०८१/ मुलुकमा परिवर्तन युवा शक्तिले चाहे मात्र संभव रहेकाे समाजसेवी सराेज रायले बताए । धनकाैल गाउँपालिका वडा नं. ४ महिनाथपुरमा श्री बालेेश्ववरनाथ महिनाथपुर युवा क्लबद्वारा आयाेजित शुभकामना तथा सम्मान कार्यक्रममा बाेल्दै समावसेवी रायले नेपालको वर्तमान अवस्थालाई परिवर्तन गर्न युवाहरूलाई आ-आफनाे स्थानबाट पहल गर्न आव्हान गर्दै मुलुककाे राजनीति र प्रशासनमा रहेको भ्रष्टाचार र अन्यायलाई न्युनिकरण गर्नका लागि युवा शक्ति नलागे सम्म संभव नहुने टिप्पणी गरे । उनले सम्पुर्ण युवाहरूलाई मुलुक परिवर्तनकाे अभियानमा अगाडि आउनु पर्ने बताउदै अभियानमा आफनाे पुर्ण साथ र सहयाेग रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
साेहि कार्यक्रममा धनकाैल गापा वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्र राय यादवले लाेक सेवा आयाेगमा नाम निकालेर आफनाे वडाका युवाहरू मुलुक निर्माणकाे अभियान जुटेकाे देख्दा निकै हर्षित भएकाे बताउदै आगामि दिनमा आफनाे पूरा साथ र सहयाेग रहने बताए ।
कार्यक्रममा युवाहरूले बर्तमान नेतृत्वमा रहेका नेतृत्वकर्ताहरूले आफूहरूलाई निकै नै निरास बनाएकाे प्रतिक्रिया दिदै अहिले आफुहरू स्वतन्त्र रहदै कुनैदलमा आबद्ध नभई अगाडि बढने भन्दै पहिलाेपटक राजनितिक नेताहरू बिहिन कार्यक्रमकाे शुरूवात गरेकाे बताए ।
कार्यक्रमा यस बर्षकाे लाेकसेवा आयाेगमा महिनाथपुरबाट नाम निकाल्न सफल भएका ४ जनालाई सम्मान गरीएकाे छ ।
शुभकामना तथा सम्मान कार्यक्रमकाे उदेश्यबारे मुकेश कुमार महताेले प्रष्ट पार्दै भाेलि सरसफाई कार्यक्रम रहेकाे जानकारी समेत गराए ।
,
Эксперты по ремонту автомобилей в столице, которые подарят вашему автомобилю вторую жизнь.
Автосервис в москве рядом https://www.crabcar.ru .
Экономьте на стоматологии в Минске: советы и рекомендации, изучите наши предложения.
Услуги стоматологической клиники цена https://total-implant.ru .