माेरगं जिल्लामा पार्टी फुटको कुनै असर नपरेको मोरङ अध्यक्ष राजकुमार यादवको जिकिर गर्नु भयाे ।जनता सममजवादी पार्टीको प्रदेश नं.१मा आयाेजित अभिमुखिकरण कार्यक्रममा अध्य्यक्ष यादवले लाेभि पापिहरूकाे झुण्ड जादैमा पार्टि कमजाेर नहुने बताए ।
जनजनमा घरघरमा जसपा नेपालका कार्यकर्ता उत्पादन र परिचालन अहिलेको आवश्यकता, पदाधिकारी, कार्यकारिणी समिति चयनमा कतै त्रुटि भएको हो कि ? पुनर्विचार आवश्यक रहेको समाजवादी किसान महासंघ अध्यक्ष एवम् केन्द्रीय सदस्य सञ्जय सिंहको भनाई । ‘पार्टीभित्र सम्मान खोजिन्छ, मनको पीडा पार्टीभित्र नराखेर कहाँ राख्ने ?’ उनको प्रश्न थियो ।
पार्टीलाई राष्टिय चरित्रको बनाउन अब पहाडमा केन्दित हुनुपर्ने केन्द्रीय कार्यकारिणी सदस्य डा. के के राईको जोड थियो । युवा पुस्तालाई पहाडमै कसरी टिकाउने र पार्टीमा कसरी आकर्षित गर्ने ? बारे ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
पटक पटक पार्टी विभाजन गराइए पनि उपेन्द्र यादव झन झन बलियो बन्दै गएको कार्यकारिणी समिति सदस्य जयराम यादवले दावी गरे । पार्टी महाधिवेशनम चुनाव नभएकोले समावेशी चरित्रको पार्टी बनेको जिकिर गर्दै उनले भने -‘चुनाव गरिएको भए एकाध केन्द्रीय सदस्य बहेक पदाधिकारीमा यादव सेवा समाजको झल्को आउन सक्थ्यो ।’
प्रदेश १ मा जारी कोशी खारेजीको आन्दोलन जारी रहेको अवस्थामा आन्दोलन कम्जोर पार्न जसपाका मतियारहरुलाई प्रयोग गरेर पार्टी विभाजन गराइएको सचिव लाक्पा शेर्पाले दावी गरे ।
कार्यक्रम प्रदेश अध्यक्ष दिपक याक्खाको अध्यक्षतामा सुरु भएको हो । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार शर्मा, सचिवहरु राजकुमार राई, रेखा यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।