सर्लाही क्याम्पसको अध्यक्षमा नागेश्वर राय चयन भएकोछ । सर्लाही क्याम्पसको तेस्रो साधारण सभााबाट उद्योगी नागेश्वर राय सर्वसम्मतमा क्याम्पसको सञ्चालक समितीको अध्यक्ष पदमा चयन भएको हो । सर्लाही क्याम्पसको सञ्चालक समितीले आजिवन सदस्य रहेकाहरु मध्येबाट तिन जनाको नाम सिफारिस गरेको थियो । समितीले क्याम्पसका पुर्व क्याम्पस प्रमुख रहनु भएका रामबाबु साह, शिक्षा प्रेमि रामदेव ठाकुर र उद्योगी नागेश्वर रायको नाम सिफारिस गरेका थिए ।
सर्लाही क्याम्पसका अध्यक्ष राम स्वरुप रायको देहान्त भए पश्चात बिगत लामो समय देखि अध्यक्षको पद खाली रहेको थियो ।
निर्वाचित भए पश्चात उद्योगी नागेश्वर रायले क्याम्पसमा रहेका हरेक बेथितीलाई अन्त्य गर्दै अध्यापकहरुको बिच रहेको मन्तान्तरलाई कम गर्दै शिक्षाको गुणस्तरीयतालाई अझ राम्रो बनाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले क्याम्पसमा हुने बिभिन्न खाले खर्चमा समेत मितब्ययिता अपनाइने जानकारी गराउनुभयो । उहाँले क्याम्पसमा हुदै आएको भ्रष्टाचारलाई न्युनिकरण गरी दोषिलाई कारवाहीको दायरामा ल्याइने समेत बताउनु भयो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवंम पुर्व खानेपानि मन्त्री महेन्द्र रायले शिक्षा जस्तो पबित्र स्थलमा सकभर सर्बसम्मतले निणर्यहरु गरीनु पर्ने धारणा राख्दै उहाँले शिक्षाले आम जनतालाई शिक्षित बनाउने शिक्षित जनताले नै मुलुकको बिकासमा टेवा पुर्याउने बताउनुभयो ।
क्याम्पसको तेस्रो सधारण सभामा प्रदेश सभा सदस्य कौशल किशोर यादव ,मलंगवा नगर पालिकाका प्रमुख नागेन्द्र राय, जिल्ला समन्वय समितीका पुर्व अध्यक्ष मेथुर चौधरी , क्याम्पस प्रमुख राजेश राय , त्रिबिका प्रतिनिधि उदय तिवारी शिक्षा प्रेमि महेन्द्र लाल कणर् , भिखारी राय , काशी राय लगायत क्याम्पसका प्रध्यापकहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।