१७ फाल्गुन , बिहीबार ।
सर्लाहीको सदरमुकाम मलङ्वामा रहेको नेपाल बाल संगठन, बाल मन्दिरमा रहेको असहाय बाल- बालिकालाई समृद्धिको जन्म दिनको शुभ उपलक्ष्य्मा शैक्षिक सामग्री वितरण गरिएको छ ।
महोत्तरी मनरा शिस्वा नगरपालिका वडा नं. १० मरुवाही हाल जनकपुरधामका नेपाल खेलकुद महासंघका सचिव सत्येन्द्र यादव र नेकपा (एमाले) मधेश प्रदेश समिति सदस्य एवम् उपमेयर उमेदवार पुष्पा यादवकि छोरी समृद्धि अधिकारीको जन्म दिनको शुभ उपलक्ष्य्मा शैक्षिक सामग्री वितरण गरिएको छ ।
अधिकारीको दोस्रो जन्मदिनको अवसरमा बुधबार सर्लाही मलङ्वा स्थित नेपाल बाल संगठन, बाल मंदिर मलंगवा को १२ जना बालबालिकाहरू लाई शैक्षिक सामग्री वितरण गरिएको छ। सो कार्यक्रममा सर्लाही जिल्लाको समाजसेवी डा. गुनेशवर झा को नेतृत्वमा सम्पन्न भएको छ । साथै बाल गृह का लेखापाल रामलखन महतो, समृद्धि अधिकारी र उहाँ सम्पूर्ण परिवार को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। अधिकारीको जन्म २०७८ फाल्गुन १६ गते भएको थियो।