प्रथम लालबन्दी महोत्सव बिहिबार देखि शुरु भएको छ । आर्थिक मन्दीबाट गुज्रिरहेको बजारलाई केही भएपनि चलायमान बनाउन मदत पुग्ने गरी प्रथम लालबन्दी महोत्सवको सञ्चालन गरीएको उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले बताउनु भयो । उहाँले कृषि,उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरि सम्बृद्ध र समुन्नत लालबन्दी निर्माण गर्ने लक्ष्य सहित महोत्सवको आयोजना गरीएको जनाउदै महोत्सबमा १५० वटा स्टल राखिएको छ भने ५० हजार दर्शक आउने लक्ष्य समेत राखिएको जानकारी दिए । लालबन्दी नगरपालिका वडा न.६ स्थित राधाकृष्ण खेल मैदानमा फाल्गुण १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ५० लाख बराबरको कारोबार हुने अनुमान गरीएको जनाउदै महोत्सव हेर्न आउने जेष्ट नागरिकहरुकालागि निःशुल्क प्रवेश रहनेछ भने बिद्यार्थीहरुकालागि प्रवेश शुल्क रु.५० तथा अन्यका लागि रु.७० रहेको समेत अध्यक्ष बलम्पाकी जनाए ।
बिहिबारबाट शुरु भएको प्रथम लालबन्दी महोत्सवको उदधाटन मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पानसमा बति बालि गरेका थिए ।
स्वागत नृत्यबाट शुरुभएको उदघाटन समारोहमा लाखे नाच, मगर नृत्य ,नेवारी तथा कौडा नृत्य लगायत बिभिन्न भाषाभाषिका नृत्य सहित कला संस्कृतिको प्रस्तुतिकरण गरीएको थियो । त्यस्तै खेल तर्फ डोरी तान्ने, आईटिएफ कराँते र क्युकोशिन कराते लगायतका खेलहरु प्रदर्शन गरिएको थियो ।
फाल्गुन १० गतेदेखि फाल्गुन १९ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त २ दर्जन भन्दा बढी कलाकारहरूको सांस्कृतिक प्रस्तुत समेत रहने छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा खेल, साँस्कृतिक कार्यक्रम र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको थियो ।
उद्योग बाणिज्य संघ लालबन्दिका अध्यक्ष दिपेन्द्र बलम्पाकीको अध्यक्षतामा रहेको उदघाटन समारोहमा प्रदेश सभा सदस्य बेची लुंगेली ,लालबन्दी नगरपालिका प्रमुख बासुदेव अधिकारी ,उपप्रमुख कल्पना पाख्रिन , वडा अध्यक्षहरु ,प्रमुख जिल्ला अधिकारी कोमल धमला ,नेपाली सेना भैरवी दलगण पाँच कुमारीका गणपति सुर्य बहादुर कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली , सशस्त्र प्रहरीका उपरिक्षक बिनोद राज खनाल ,राष्टिय अनुसन्धानका कार्यालयका उपनिर्देशक देवराज लिम्बु लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधि ,पत्रकार तथा बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो ।