सर्लाहीको गम्हरीयामा दुईवटा मोटरसाईकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मलङ्गवा नगरपालिका–११, गम्हरीयाका रामविश्वास रायको १७ वर्षिय छोरा विकास यादव रहेकोे हो ।
त्यस्तै दुर्घटनामा स्थानिय बिनोद पासमानका १७ वर्षिय छोरा रोहन पासमान र दिनेश राउतको १६ वर्षिय छोरा निरज पटेल घाईते भएको छ ।