२३ माघ, मलङ्वा।
सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्ये १ जनाको मृत्युु भएको छ। मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका ५ बस्ने ४५ बर्षिय कार्यालय सहयोगि बिनोद घिमिरे रहेकोे हो । घिमिरेको उपचारका क्रममा बारा कलैया स्थित रहेको एलेक्स न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति ८ बजेको समयमा मलंगवा नगरपालिका-११ गमहरिया चामेली माइ मन्दिर नजिकै कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठोकिंदा ११ जना घाइते भएका थिए ।
घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा-३ का ३५ वर्षीय रामलाल साह, र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् । उनीहरुलाई वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन् ।
दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।