८ माघ,सोमबार ।
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा सर्लाहीको मलंगवा नगरपालिका – १० स्थित तीनबिघे मैदानमा ११ हजार दीप बालिएको छ । सोमबार साँझ ११ हजार दीप बालेर दीपोत्सव मनाएको हो ।
सार्लही लगायत देशभरी घरघरमा दीप तथा झिलिमिली बत्ती बालेर दीपावली मनाएको छ । हिन्दु धर्मावलम्बीहरूले सर्लाही लगायत मधेश प्रदेशको सबैजसो जिल्लाका विभिन्न ठाउँमा प्राणप्रतिष्ठाको अवसर पारेर मठमन्दिरमा दीपोत्सव मनाउनुका साथै आकर्षक ढङ्गले सजाइएको छ । ठाउँठाउँमा जय श्रीरामको झन्डालगायत शोभायात्रा कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् । मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तनसमेतको आयोजना गरिएको छ ।
भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित भएको खुसीयालीमा सनातन धर्मावलम्बी धेरै नै हर्षित देखिएको छ । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गरिएको छ ।