सप्तरीको राजविराज नगरपालीका १३ विसहरीयामा मधेश गौरव योजना निर्माण हुन लागेको कृषि विश्वविद्यालयको प्रशासनिक, शैक्षिक तथा प्रयोगशाला भवन शिलान्यास जनता समाजवादी पार्टि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हातवाट भएको छ ।
जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । मधेस कृषि विश्वविद्यालय भवन सिलन्यास गर्न जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यू, मधेस प्रदेशको मुख्यमन्त्री माननीय सरोज यादव, अर्थमन्त्री संजय यादव ,खेलकुद मन्त्री सुरिता साह, उर्जा खानेपानी मन्त्री सिंहासन साह कलवार लगायतको अन्य नेतागण जनप्रतिनिधी तथा आम जनता बिच भएको छ । उक्त योजना तत्कालिन सप्तरी २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवकै संकल्प र प्रयासबाट मधेश कृषि विश्वविद्यालय सप्तरीमा स्थापना भएकोलेशिललान्यस गर्ने अधिकार पनि उहाँकै रहेका र त्यसै अनुरुप नै उपेन्द्र यादवलाई प्रमुख अतिथी बनाइएको स्थानीयहरुले वताए ।
उक्त शिलान्यास कार्यक्रमलाई लिएर वर्तमान प्रतिनिधि सभा सदस्य सिके राउत र जनमत पार्टिका कार्यकर्ताहरुले समाजिक सञ्जाल मार्फत विरोध गनर्ने र शिलान्यास गर्नेअधिकार जनमत पार्टिको हो भनी भ्रम छरीरहेको जसपा कार्यर्ताले भने “कृषि विशवविद्यालयको बोर्डमात्र झुन्ड्याइए” को भनी कटाक्ष गर्ने जनमतका नेता कार्यकर्ता आज विश्वविद्यालय भवन शिलान्यास भइरहँदा आत्तिएका छन् । अर्काले गरेका कामको जस आफैँ लिन उनीहरु विरोधमा उत्रेका हुन् ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८/०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो त्यसै अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चालु आर्थिक वर्षमा ३० करोड विनियोजन भएको छ । विश्वविद्यालयको २६ बिघा ८ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणकालागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको छ ।