अनिता साह
८ माघ, सोमबार
सर्लाहीको सदरमुकाम मलंगवा लगायत देश भरी आज दिप प्रज्जवलन कार्यक्रम हुदैछ । सोमबार मलंगवाको तिन बिघे मैदानमा ११ हजार दिप प्रज्जवलन कार्यंक्रम हुदैछ । श्री राम जन्मभुमी तिर्थक्षेत्र आयोध्या भारतमा आज नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । जुन सम्पुणर् सनातनी धर्मालम्बीहरु तथा भगवान जगत जननी माता जानकीजीको जन्मभुमी जनकपुरधाम नेपाल देशमा भएको हुनाले अत्यन्तै हर्ष तथा आन्नदको बिषय रहेको हो ।
त्यसैले प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै मलंगवा नगरपालिकाका नगरबासीहरुको पनि आजको दिन घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ, मन्दिर,चौक चौराहा लगायत महादेव मन्दिर समेतमा उपस्थित भई दिपोत्सव गरि तिन बिघे मैदानमा ११ हजार दिप प्रज्जवलन गरिदै छ ।