प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदैछ । त्यस्तै अर्को खेल टियु मैदानमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र कणर्ाली प्रदेशबीच हुँदैछ । अहिलेसम्म पीएम कपको अङ्कतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् ।