जनकपुरधाम,७ माघ।पुस अन्तिम सातादेखी एकाएकी बढेको शितलहर र जाडोले मधेशको जनजिबन कष्टकर बनेको छ । दिनानुदिन बढ्दै गएको चिसोको प्रभावले बृद्धबृद्धा र बच्चाहरुलाइ घरबाहिर निस्किन पनि एकदमै अप्ठ्यारो परेको छ।
ठाउँठाउँमा कहि त स्थानिय सरकार त कहि सरकारी गैरसरकारी संघ संस्थाहरु जाडो बाट बच्न विभिन्न टोल बस्तिमै पुगेर लत्ताकपडा र अन्य सामाग्रीहरु बितरण गरिरहेका छन।
यस्तैमा धनुषाको सवैल ६ मा मिस नेशनल ब्रान्ड एमबेस्डर अनिता यादवले बृध्दबृद्धालाइ गत शनिबार कम्बल बितरण गरेकि छिन।
शनिबार कम्बल बितरण मा अनिता यादवले आफुले मोडलिङ्ग र रियालटी शोहरुमा कमाएको सबै रकम समाजसेवामा खर्चिने गरि दिएको प्रतिबद्धतालाइ निरन्तरता दिएकि बताएकि छिन।
मिसेस नेशनल ब्रान्ड एमबेस्डर अनिता यादवले एक सार्वजनिक कार्यक्रममा आफुले मोडलिङ्ग र रियालिटी शो मार्फत कमाएकी सम्पुर्ण रकम समाजसेवामै खर्चिने भनी प्रतिबद्धता गरेकी थिइन।