रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि पुस २० गतेसम्म आवेदन दिन सकिने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद २ दिन थप गरेको हो । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो । तर, गत शुक्रवार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निणर्य भएको हो ।सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ ।