अनिता साह
१३पुष, शुक्रबार ।
सर्लाहीको मलङ्गवामा मिटरब्याज सङ्घर्ष समिति विभिन्न माग राख्दै धर्नामा बसेका छन् । बिहीबार मिटरब्याज पिडित ज्ञापन पत्र बुुझाउन जिल्ला प्रशान कार्यालय गएको तर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले समय नदिएपछी शान्ती पुर्वक धर्नामा बसेपछी प्रहरीले लठी चार्ज, टियर ग्यास, र हवाइ फायर गरेपछी स्थिति तनाव ग्रस्त बनेको थियो । नेकपा माओवादी मलंगवा नगर कमिटिका अध्यक्ष लक्ष्मी नारायण चोैधरीले आज राजमार्ग अवरुद्ध गरेर विरोद्ध कार्यक्रम गरिने बताए । प्रशासनको लापरबाहीका कारण मिटर ब्याज पिडितहरूले सडकमा बास पनि बसेका छन । पिडितहरुले सडकमै खाना बनाएर खाएर बास बसेका छन् ।
मिटरब्याज पिडितको प्रहरीले गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको छ । फतमालाई प्रहरीले पक्राउ गरेपछि मिटरब्याज पिडित व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा रहेको प्रहरीलाई चप्पले हान्नुका साथै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शेल आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले महिला माथि कुटपिट गरेको मिटरब्याज पिडितहरुको आरोप छ । ज्ञापन पत्र अनुसार माग पुरा नभए आफुहरु निरन्तर धर्ना गरि रहने मिटरब्याज सङ्घर्ष समितिले बताए । मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए । उनलाई बिहिवार पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।
Comments 1