अनिता साह
११ पुष , बुधबार ।
सर्लाहीको सदरमुकाम मलंगवामा तीन दिने नि : शुल्क आँखा तथा हाडजोर्नी, नशा जाँच शिविर सुरु भएको छ ।मलंगवा न.पा वडा न-२ स्थित म्याक्स हस्पिटलमा मंगलबारदेखि मोतियाबिन्द अपरेशन तथा हाडजोर्नी , नशा जाँच शिविर सुरु भएको उक्त शिविरको कल्याणकारी परिवारका अध्यक्ष सुवास कर्णको सभापतित्व तथा मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ।
सर्लाही समाजसेवी कल्याणकारी परिवार मलंगवाको आयोजनामा मलंगवा नगरपालिकाको सहयोग तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौ र म्याक्स हस्पिटल मलंगवाको प्राविधिक सहयोगमा तीन दिने नि:शुल्क शिविर आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले आर्थिक अवस्थाका कारण कुनै पनि नागरिकलाई उपचार सेवाबाट बन्चित हुन नदिन आँखाको मात्र नभइ महिला सम्बन्धि रोगको साथै अन्य रोगहरु र समस्याहरुको लागि यसैगरी नि:शुल्क शिविरहरु संचालनका लागि नगरपालिकाले सहयोग गर्दै जाने बताए।
शिविरमा आँखाको लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.प्रणव श्रेष्ठ ,डा.सोहाना श्रेष्ठ ,याङ्ला डोङ्गला शेर्पा,भाग्यनारायण श्रेष्ठ ,डम्बर कुमारी श्रेष्ठ ,धन बहादुर महतो र प्रेम कृष्ण कार्की तथा हाडजोर्नी र नशा सम्बन्धि जाँच म्याक्स हस्पिटलका डा.संजय कुमार साहले गरिरहेको म्याक्स हस्पिटलका संचालक विभाष कुमार कर्णले जनाएको छ।
priligy reviews The retinal pigment epithelium RPE provides vital metabolic support for retinal photoreceptor cells and also is an important player in numerous retinal diseases