इजरायल र हमासबीच जारी युद्धमा संयुक्त राष्ट्रसङ्घका १ सय ३६ जना कर्मचारीको मृत्यु भएको छ । युद्ध सुरु भएको ७५ दिनमा अरु कैयौँ कर्मचारीलाई घर छोड्न बाध्य पारिएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभयो । एकै पटक राष्ट्रसङ्घका यति धेरै सङ्ख्यामा कर्मचारी मारिएको यो पहिलो घटना भएको पनि उहाँले बताउनुभयो । अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह (हमास) ले इजरायलमाथि अचानक आक्रमण गरेपछि गाजामा द्वन्द्व सुरु भएको हो ।