२१ मंसिर, बिहीबार ।
तराईसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।
पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले तराईसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ भने चिसो बढेको छ । तराईका केही स्थानमा बिहानदेखि हल्का ह्स्सु लागेको छ ।
बिहानको समयमा लागेको हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनुपर्ने छ ।