दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । चितवन ४ अङ्कसहित अङ्क तालिकाको पाचौँ स्थानमा छ । बुटवल भने ३ अङ्कसहित सातौँ स्थानमा छन् । काठमाडौँस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजेबाट सुरु हुनेछ । यसअघीहिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ्ग इलाम एफसीलाई १-० ले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा अविजित गरेको पोखराको चार खेलमा आठ अङ्क छ । उता इलामको भने चार खेलमा तीन अङ्क मात्र छ ।