उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूणर्बहादुर खड्काले नेपाल संयुक्त राष्ट्र सङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । घानामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्र सङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेकोसमेत बताउनुभयो । नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा ६ सय १६ महिलासहित ६ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथ गरेको छ । शान्ति सेना र प्रहरी खटाउने नेपाल दोस्रो ठूलो देश हो ।