२० मंसिर,बुधबार ।
लागूऔषधसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाका लहान नगरपालिका वडा नं.७ बबाजी टोल बस्ने २० वर्षीय अनिल कुमार दास रहेको हो । भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा बा.२५ प.२३८३ नम्बरको मोटरसाइकललाई रोकी चेक गर्दा डाइजोपाम ३५ एम्पुल, नोरजेसिक ३५ एम्पुल , एभिल ३५ एम्पुल , जम्मा १०५ एम्पुल लागु औषध बरामद गरेको हो । सिरहा को भगवानुपर गाउँपालिका वडा नं.३ धाति स्थित नेपाल भारत ग्रामीण खण्डमा सिरहाबाट खटिएको संयुक्त चेकिङ टोलीले लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।