नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु हुँदैछ । आज बैतडीको झुलाघाटबाट पदयात्रा सुरु गर्ने एमालेले बताएको छ । त्यसको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली झुलाघाट पुगिसक्नुभएको छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी लोकमार्गको करिब एक हजार ८ सय ७९ किलोमिटरसम्म एमालेले पदयात्रा गर्नेछ । उक्त यात्र झुलाघाटबाट सुरु भएर चिवाभञ्ज्याङमा टुङ्गिने छ । तीन सातासम्म चल्ने यात्रामा अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरू सहभागि हुनेछन् ।