१४ मंसिर , बिहीवार ।
जाजरकोटको कुशे गाउँपालिकामा चिसोका कारण एक जना बालिकाको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि पालमुनी बस्दै आएका वडा नम्बर १ स्याग्रीका सुनिल बादीका वर्षका छोरी रक्षा बादीको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण बालिकालाई निमोनिया भएको थियो । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । भूकम्प प्रभावितका लागि उचित बासस्थानको व्यवस्था नहुँदा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिक थप कष्ठकर जीवन बिताइरहेका छन् ।