मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले कसैको दाइजोमा संघीयता नआएको बताउनु भएको हो । सोमबार सप्तरीको श्री ५ महेन्द्र चुन्नी मा.वि मानराजामा आयोजित दाता स्वर्गीय गुन्जेश्वर प्रसाद राउत यादवको सालिक अनावरण कार्यक्रममा यस्तो बताउनु भएको हो । पछिल्लो समय नीजि स्वार्थ पुरा गर्न समूहहरु हुल बनाएर संघीयतामाथि आक्रमण गर्न थालेको मन्त्री यादवले दाबी गर्नुभएको हो ।
मन्त्री यादवले यस्ता हुल र दगां गरेर संघीयतामा खरोच पनि नआउने बताउनु भयो । जनताको लामो समयको संघर्ष र बलिदानीकोबाद मुलुकमा संघीय गणतन्त्र लोकतन्त्रको स्थापना भएको भन्दैँ, कसैले हल्का टिप्पणी गर्दैमा संघीयता धरापमा नपर्ने बताउनु भयो । मन्त्री यादवले संघीयता कसैको दाईजोमा नआउको टिप्पणी गर्नुहुदैँ सात प्रदेश सप्तरगं जस्तै अमर भइसकेको भन्दैँ मन्त्री यादवले कसैले संघीयता समाप्त पर्ने गरिरहेको षडयन्त्र दिव्यस्वपन मात्रै हुने बताउनु भयो ।