काभ्रेको धुलिखेलमा एकाबिहानै सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । धुलिखेल नगरपालिका-११ बाँनियाछापका बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूणर्रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीबाट ढुङ्गा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागी कसरी सुरु भयो, कारण खुलेको छैन । आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।