आज देशका विभिन्न क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कणर्ाली, गण्डकी, कोससी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको छ । आज लुम्बिनी प्रदेशबाहेक बाँकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका धेरै ठाउँको मौसमसमेत धुम्मिएको छ ।