११ मंसिर , सोमबार ।
सर्लाहीको सदरमुकाम मलंगवामा फोहोरमा फालिएको अवस्थामा दुई जना शिशुको शव फेला परेको छ। आइतबार मलंगवा नगरपालिका-९ मा सडकको छेउतीर फोहोर फाल्ने ठाउँमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ । एक पैदल यात्रीले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको र खबर पाए पछि प्रहरी घटनास्थलमा गई शवलाई परिक्षणका लागि सदमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याईएको बताइएको छ।
यस क्षेत्रमा कानुन विपरीत खुलेका अस्पताल र क्लिनिकहरुले अवैध सम्बन्धका कारण बच्चा जन्माएपछि गर्भपतन गरेर यसरी बारम्बार शिशु फाल्ने गरेको स्थानीयहरू बताउँन। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।