चालु आर्थिक वर्षको पहिलो चार महिनामा पेट्रोलियमको आयात १० अर्ब रुपैयाँले घटेको छ । यस अवधिमा पेट्रोलियम आयातमा ९८ अर्ब ८ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोलियम आयात भएको थियो । यो अवधिमा फलाम तथा स्टीलको आयातमा ४३ अर्ब रुपैयाँ विदेशिएको छ । यस्तै, तरकारीजन्य वस्तुको आयातमा ११ अर्ब ८७ करोड रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ ।