अनिता साह
७ मंसिर, बिहीबार ।
सर्लाहीको रामनगर गाउपालिका ६ सिसौटमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका ४ का अमिर खा हजारी रहेको हो । बुधबार साझ सबा ७ बजेको समयमा बरहथवाबाट गडहीयातर्फ गइरहेको बा ९१ प ४२६९ नम्बरको मोटरसाइकल ठक्करबाट हजारी घम्भिर घाइते भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साइकल चालक हजारीलाई प्रादेसिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरि थप उपचारका लागि बीरगञ्ज तर्फ लेजादै गर्दा प्रादेसिक अस्पताल बाराको कलैयामा चेक जाच गर्नेक्रममा चिकित्सकले मृत घोषना गरेका जिल्ला प्रहरी सर्लाहीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।